English

कोरोनाबाट निको हुनेको संख्या बढ्दै



नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनप्रतिदिन बढीरहेको छ । हिजो (शुक्रवार) २ हजार ९ सय ५ जना मुक्त भएकोमा आज (शनिवार) यो संख्या बढेर ३ हजार ३ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ९८ हजार ७ सय ६५ रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ । निको भएको दर नेपालमा ७७.४ प्रतिशत हो ।

नेपालमा गत २४ घण्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ३ सय ४ जनाको कोरोना परीक्षण गर्दा ८ हजार २ सय ८७ जनाको आरटीपीसीआर विधिबाट र १ सय ३१ जनाको एन्टिजेन विधिबाट कोरोना रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै नेपालमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल मृत्यु भएकाहरुको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । अहिले नेपालमा ३ सय ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ८३ हजार ४ सय ९३ जना रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested