English

गायक पशुपति शर्माको नजरमा पढ्नै पर्ने ३ पुस्तक



गायक पशुपति शर्मा यतिबेला स्यङ्जामा छन् । त्यता पनि निषेधाज्ञा जारी भएकाले घरको काम सघाउँदै विभिन्न पुस्तक पढेर समय बिताइरहेका छन् । शर्माको नजरमा पढ्नै पर्ने तीन पुस्तक यस्ता छन्:

भागवत गिता

मेरो नजरमा पढ्नै पर्ने पुस्तक भन्नुपर्यो भने पहिलो नम्बरमा भागवत गीता पर्छ । यसमा जीवन के हो भन्नेबारे बुझ्न सकिन्छ । व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा दिइएको छ । सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । त्यसैले गीता एकपटक पढ्नैपर्छ ।

महाभारत

संस्कृतमा लेखिएको मध्ये महाभारत एक ठूलो गन्थ हो । यो एक अद्भुत कथा हो जसले जीवन दर्शनका कुरा सिकाउँछ । घरमा फुर्सद भएको बेला यो पुस्तक पढ्दा धर्म कर्ममा पनि मन जान्छ । यसको अध्ययनले एक किसिमको शान्ती प्रप्त हुन्छ ।

४३ कथा

निलम कार्कीको कथा संग्रह ‘४३ कथा’ पनि मैले पढेको उत्कृसट पुस्तकहरु मध्ये पर्छ । ‘४३ कथा’ विभिन्न पुस्तक र फुटकर रुपमा प्रकाशित कथाहरुको एकमुष्ट सङ्ग्रह हो । यस पुस्तकले महिला, समाजसम्बन्धि थुप्रै कुरा समेटिएकाले एकपटक पढ्न सिफारिस गर्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested