English

महामारीमा यात्रु ठग्ने पक्राउ



महानगरीय ट्राफिक प्रहरी महाशाखाले महामारीमा यात्रुसँग बढी भाडा लिई ठगी गर्ने थप तीन जनालाई पक्राउ गरेको छ । निषेधाज्ञामा महाशाखाले छड्के चेकजाँच तथा अनुगमनलाई तीव्रता दिएको छ ।

महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गर्दै विशेष टोली परिचालन गरेका छौं,’ उनले भने, ‘टोलीले त्यस्ता स्थानहरूमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखेर नियन्त्रणमा लिने गरेका छौं ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट घर फर्कने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई बताउँछन् । उनीहरुलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिइएको हो ।

‘महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गर्दै विशेष टोली परिचालन गरेका छौं,’ उनले भने, ‘टोलीले त्यस्ता स्थानहरूमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखेर नियन्त्रणमा लिने गरेका छौं ।’

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ वर्षीय राम सुरेललाई यात्रु ठगेको आरोपमा पक्राउ गरिएको महाशाखाले पुष्टि गरेको छ । पक्राउ परेका सुरेललाई गौशाला वृत्त र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुबाट बढी भाडा लिइ ठगी गर्ने हालसम्म ८ जनालाई पक्राउ गरिसकिएको महाशाखाले जनाएको छ ।

काठमाडौंदेखि झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही ३ हजारदेखि ४ हजार ५ सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३–०१–००६ ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरिएको भट्टराईले बताए ।

विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुबाट बढी भाडा लिइ ठगी गर्ने हालसम्म ८ जनालाई पक्राउ गरिसकिएको महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested