English

कोराना संक्रमित र मृतकको संख्या हालसम्मकै उच्च



नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५८ जनाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण निधन भएको छ ।

गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ७५६ जनाको कोरोना परीक्षण भएको थियो भने ७५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ८ हजार ६ सय ५ जनाको पीसीआर र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

अहिले होम आइसोलेशनमा रहनेको संख्या ६१ हजार ५ सय ८८ र संस्थागत आइसोलेशनमा ४ हजार ७ सय ६४ जना रहेका छन् । त्यस्तै गत सोमवार देखि हालसम्म ५२ हजार ५ सय ४५ जनामा कोरोना परीक्षण हुँदा २३ हजार ७१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ७ सय ८९ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा आज ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा ४ सय ५८ जना, ललितपुरमा ५ सय १८ र काठमाडौंमा ३ हजार ८सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संख्या नेपालमा एकैदिन फेला परेको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested