English

कोराना संक्रमित र मृतकको संख्या हालसम्मकै उच्च



नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५८ जनाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण निधन भएको छ ।

गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ७५६ जनाको कोरोना परीक्षण भएको थियो भने ७५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ८ हजार ६ सय ५ जनाको पीसीआर र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

अहिले होम आइसोलेशनमा रहनेको संख्या ६१ हजार ५ सय ८८ र संस्थागत आइसोलेशनमा ४ हजार ७ सय ६४ जना रहेका छन् । त्यस्तै गत सोमवार देखि हालसम्म ५२ हजार ५ सय ४५ जनामा कोरोना परीक्षण हुँदा २३ हजार ७१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ७ सय ८९ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा आज ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा ४ सय ५८ जना, ललितपुरमा ५ सय १८ र काठमाडौंमा ३ हजार ८सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संख्या नेपालमा एकैदिन फेला परेको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,