English

दोलखाको फिल्म सिटी : संसार लोभ्याउने, स्वर्ग सम्झाउने [भिडियोसहित]



नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार कावावाताले नेपालको सन्दर्भमा यस्तो लेखेका हुन् । किनकी,नेपाल एउटा यस्तै सुन्दर देश हो ।के छैन,नेपालमा ! विश्वमा विरलै देख्न पाइने सानो भूगोलमा हिमाल,पहाड र तराईको जैविक विविधता यहीँ छ ।अध्यात्मिक सम्पदाको भूमि यही हो । नेपाललाई कसैले क्यानभासजस्तो देश भनेर भन्छ भने उसले ठिक भनिरहेको हुन्छ । एकपटक अनुपम सौन्दर्यको भूमी दोलखा पुगौँ । किनकी यहाँ कुरा दोलखाको छ ।

कुरा दोलखाकोमात्र पनि होइन ।

कुरा हो–प्राकृर्तिक स्टुडियो जस्तो लाग्ने दोलखाकै डाँङडुँगेडाँडा पनि भनिने लाकुँरीडाँडाको ।

यही थलोमा नेपाल सरकार,संचार तथा सूचना प्रविधि मन्त्रालय,चलचित्र विकास बोर्डको ‘ड्रिम प्राजेक्ट’ को रुपमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी अर्थात फिल्म सिटी निर्माण हुदैँछ ।

समुन्द्री सतहबाट करिब ३२ सय फिट उचाइमा रहेको यो क्षेत्रमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई फिल्म सिटी बनाइँदै छ ।

लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरमै पुगिने फिल्म सिटी निर्माणस्थल प्राकृतिक सुन्दरताले भरीपूर्ण ठाउँ हो ।

पहाडी प्रकृर्ति र अब यहाँ बन्ने फिल्म सिटीको भौतिक संरचनाको मितेरीले यो क्षेत्र संसारका फिल्मकर्मीहरुको प्रिय गन्तब्य बन्ने छ ।

२०७४ साल फागुनमा शिलन्यास भइसकेको यो फिल्म सिटी निर्माणका लागि अनुमानित लागत करिब १४ सय करोड हुनेछ ।

यो फिल्म सिटी नेपाली कला र सीपको बेजोड नमूना बन्ने छ । आगन्तुकका लागि सुविधासम्पन्न होटल र चिरिच्याट्ट परेका पाहुना घर हुनेछन्,फिल्म सिटीमा । हिमाल,पहाड,तराई अनुभुत गराउने नमुना बस्तीदेखि नेपाल र विश्वका प्रसिद्ध स्मारकहरुको सानो स्वरुपको अवलोकन पनि यही फिल्म सिटीमा गर्न सकिने छ । अत्याधुनिक प्रविधिसहितका ‘इन्डोर स्टुडियो’ देखि हेलिप्याडसम्मको सुविधा एकैथलोमा भेटिने छन् । अर्थात यो फिल्म सिटी नेपाल र बाँकी विश्वलाई एकैथलोमा जोड्ने सेतु बन्नेछ । यो आफैमा सानो संसार हुनेछ ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुसँग हातेमालो गरेर सरकारी–निजी साझेदारीमा लगानी र प्रतिफलमा सहकार्य गर्ने मोडल नेपाल सरकारले अघि बढाएको छ ।

यो फिल्म सिटी आफैमा दुध दिने गाइ हो ।

यसैले यहाँ हुने लगानीको सुनिश्चितता छ भन्न सकिन्छ ।

आँखैअगाडि देखिने गौरीशंकर,गणेशसहित आधा दर्जन हिमालहरु र एकै थलोमा अनेक थरीका लालीगुराँसको रङले नलोभ्भिने संसारमै को होला र !

लेकबेसीको सुन्दर पहाडी भूगोलका कारण यो ठाउँ आफैमा गज्जबको सुटिङ स्पट हुदैँ हो ।

हिमालबाट बग्दै आएको खोला अनि हिमाल–पहाडको संयोजनले फिल्मसिटीलाई प्राकृतिक रुपमै सुन्दर बनाइदिएको छ ।

यसैले त भनियो–दोलखा आफैमा प्राकृर्तिक स्टुडियो हो ।

अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना निर्माणपछि यो ठाउँले सुनमा अझै सुगन्ध थप्ने नै भयो । 

काठमाडौंबाट दोलखा प्रस्थान गर्दाको करिब एक सय किलोमिटरको भुभाग नै फिल्म सिटीजस्तो लाग्छ ।

काठमाडौंबाट पूर्वतिर लाग्दा भक्तपुर,काभ्रे र सिन्धुपाल्चोकमा रहेका विविध खालका प्राकृर्तिक सुन्दरता आफैमा सुटिङ–स्पट हुदैं हुन ।

यो अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीमा राष्ट्रिय–अन्र्तराष्ट्रिय फिल्महरू छायांकन हुनेछन् ।

फिल्म सिटीबाट नेपाली चलचित्रकर्मीले उन्नत प्राविधिक ज्ञान बटुल्ने छन् ।

नेपालको कला–संस्कृतिसँगै सुन्दर दृश्य फिल्ममा समावेश गर्न सहज हुनेछ ।

परिणाम–नेपाली चलचित्रले पनि काँचुली फेर्ने छ ।

यो थलो स्वदेशी तथा अन्तर्राष्ट्रिय चलचित्र पर्यटनको लोकप्रिय गन्तव्य हुनेछ । 

हिमालतिर हेरेर हाँसिरहने उच्च पहाडी स्थानमा रहेको विश्वकै दुर्लभ र नेपालकै पहिलो फिल्म सिटी हुने अवसर छ,यसलाई ।

यो त स्वर्गमा फिल्म सिटी भनेजस्तै भयो–संसारै चकित पार्ने ।

दोलखाको यो फिल्म सिटीमा हामी चाँडै नै संसारलाई स्वागत गर्नेछौं ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



...
maxispin_a_avKr

Discover the thrill of real-money live casino action at [url=https://maxispin-au.com/]mobile blackjack AU[/url], where you can enjoy live dealers, top software providers, and exclusive promotions. Customer support is available to assist with questions or technical issues.

...
maxispin_u_ivkn

For those seeking an exceptional online gaming experience, [maxispin.us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. Through the use of AI technology, MaxiSpin.us.com guarantees that your content shines in a competitive landscape. **Features of MaxiSpin.us.com** MaxiSpin.us.com boasts the ability to generate content in multiple languages as one of its key features. **Benefits of Using MaxiSpin.us.com** The platform's scalability ensures that it meets the needs of users regardless of their size or industry.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested