English

काठमाडौँमा यसरी मनाइँयो ‘अर्थ आवर’ (फोटो फिचर)



हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) ले हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अर्थ आवर मनाउँने गर्छ । नेपालस्थित डब्लु डब्लु एफद्वारा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा विशेष कार्यक्रम आयोजना गरी अर्थ आवर मनाएको छ ।

यसदिन विश्वभरका करोडौं मानिसले स्वस्फूर्त रुपमा आफ्नो घरको बत्ति एक घण्टाका लागि बन्द गर्ने गर्छन । यसको उदेश्य उर्जाको बचत गर्न मानिसलाई प्रेरित गर्नु हो । साथै जलवायु परिवर्तनतर्फ मानिसको ध्यान आकर्षिक गर्नु पनि रहेको छ । शनिबार राती पनि विश्वभर स्थानीय समय अनुसार राति साढे ८ बजेदेखि साढे ९ सम्म एक घण्टा बत्ती निभाउने गरिन्छ । प्रकृति विनासलाई रोक्न र मानव जातिको भविष्यलाई उन्नत बनाउनका लागि पनि यो दिवस मनाइन्छ । अस्ट्रेलियाको सिड्नी सहरमा ३१ मार्च २००७ मा पहिलोपटक ‘अर्थ आवर डे’को आयोजना गरिएको थियो । त्यसपछि भने विश्वभरका मानिसले मार्च महिनाको अन्तिम शनिबार एक घण्टा बत्ति बन्द गरेर यो दिवस मनाउँदै आएका छन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested