English

टिकट अग्रिम सोल्ड आउट हुने हङकङको ‘एलजी नाइट’ (फोटो फिचर)



सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको थियो । १६ औं एलजी नाइटमा निम्त्याइएका चर्चित कलाकारहरुको प्रस्तुतिले करिब तीन घण्टा हङकङको माहौंल मज्जाले गर्मायो । ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा सधै दर्शकको घुइचो लाग्ने गर्छ । एलजी नाइट एकमात्र यस्तो कार्यक्रम हो जसका लागि दर्शक कुरेरै बस्छन् । यसपटक कार्यक्रममा मनोज गजुरेल, जितु नेपाल, प्रमोद खरेल, प्रकाश सपुत, चिज गुरुङ, देवी आले, कविता नेपाली, प्रगती पुन लगायत भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामा र इन्डियाज् डान्सबाटै चर्चामा आएका साजन सिंह सहभागी थिए ।

चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानाको आयोजना र एलजी एसोसियसनको प्रस्तुतिमा वर्षेनी एलजी नाइट आयोजना हुँदै आएको छ । यो कार्यक्रम हङकङका लागि ड्रिम कन्सर्ट हुने गरेको छ । चर्चित कलाकारहरु समेत यसमा सहभागिता जनाउन लालयित हुने गरेका छन् । सधैं झै यसपटक पनि संकलित रकमबाट खर्च कटाइ परोपकारी संस्थालाई सहयोग गर्ने योजना रहेको आयोजकले जनाएका छन् ।

हेर्नुस, यस्ताे देखियाे ‘ज्याप स्टुडियो हङकङ’ ले खिचेकाे तस्बिरमा एलजी नाइट ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested