English

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड



नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ३२५ पुगेको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै नेपालको क्वारेन्टाइनमा ६७ जना रहेका छन् भने ४८ हजार ७ सय ११ जना आइसोलेशनमा रहेका छन् । गत २४ घण्टामा नेपालमा १६ हजार ७ सय ७० जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये आरटी पीसीआर परीक्षण १६ हजार १ सय ४७ र ६ सय २३ जनाको एन्टिजेन परीक्षण भएको छ । यो नेपालमा एकैदिन भेटिएका कोरोना संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । यसअघि नेपालमा २१ अक्टोबर २०२० मा एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म नेपालमा २५ लाख ४ हजार ४ सय ७६ जनाको परीक्षण भएको छ । त्यस्तै गत बिहीवार यता नेपालमा ६० हजार ५९२ पीसीआर परीक्षण भएकोमा २३ हजार ३३१ मा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ७१५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ३ सय १, ललितपुरमा ५ सय ५० र काठमाडौंमा २ हजार ७४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested