English

गल्तीले पनि जुत्ता-चप्पल यसरी नराख्नुहोस्



वास्तु शास्त्रमा हरेक कुरालाई राख्ने नियम दिइएको छ, यसलाई निरन्तर पालना नगरे समस्यामा पर्न सक्छ । यी नियमहरू पालना नगर्दा आर्थिक संकट, स्वास्थ्य सम्बन्धी समस्या, घरमा पारिवारिक कलह हुन सक्छ । जुत्ताको सन्दर्भमा पनि यस्तै नियम बनाइएको छ । घरमा जुत्ता र चप्पल सही ठाउँमा नराख्नाले घरमा वास्तु दोष हुन सक्छ ।

जुत्तालाई उल्टो नराख्नुहोस्

जुत्ता र चप्पल कहिल्यै उल्टो राख्नु हुँदैन । वास्तु मान्यता अनुसार जुत्ता र चप्पल उल्टो छरिएको ठाउँमा शनिदेवको अशुभ प्रभाव देखिन्छ । किनभने शनिको सम्बन्ध खुट्टासँग छ । त्यसैले खुट्टासँग सम्बन्धित चीजहरूलाई सही स्थानमा राख्नु शुभ मानिन्छ ।

जुत्ता अव्यवस्थित हुन नदिनुहोस्

जुत्ता र चप्पल भद्रगोल राख्नाले घरमा नकारात्मक ऊर्जा आउँछ । त्यसैले तिनीहरूलाई घरको सही ठाउँमा राख्नुपर्छ ।

पुरानो जुत्ता

पुरानो जुत्ता र चप्पल घरमा भुलेर पनि राख्नु हुँदैन । यसो गर्दा घरमा नकारात्मक ऊर्जा आउँछ । त्यसैले वास्तु मान्यता अनुसार पुरानो जुत्ता र चप्पललाई घरबाट हटाउनुपर्छ ।

भान्साको भित्तामा नराख्नुहोस्

जुत्ता र चप्पल कहिले पनि भान्साको भित्ताको छेउमा राख्नु हुँदैन । तिनीहरूलाई घरको उत्तर, दक्षिण–पूर्व वा उत्तर–पूर्व दिशामा राख्न सक्नुहुन्छ।

मुख्य गेटमा जुत्ता र चप्पल

वास्तु मान्यताका अनुसार बाहिरबाट आउँदा जुत्ता र चप्पललाई दक्षिण वा पश्चिम दिशामा नलगाउनु हुँदैन । यस बाहेक मुख्य गेटमा जुत्ता र चप्पल उतार्नु पनि शुभ मानिन्छ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,