English

‘आन्टीकी छोरी’ ल्याउँदै मायुल दुलाल



युवा गायक मायुल दुलालले पहिलोपटक ‘आन्टीकी छोरी’ बोलको गीत बजारमा ल्याउँदै छन् । आर एन्ड बी शैंलीको उक्त गीत टिनएजर र युवा वर्ग लक्षित छ । राइज मिडिया नेटवर्कको प्रोडक्सनमा दर्शकमाँझ आउन लागेको उक्त गीत यसैहप्ता छायांकन गरिदैछ । गायक दुलाल र राइज मिडियाका व्यवस्थापक अशोक गुरुङ बीच हालै सो सम्बन्धी सम्झौतामा भएको हो । भिडियो राइज मिडिया नेटवर्कको युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।

भिडियोमा यतिबेलाकी चर्चित कलाकार एन्जल राई, गायक मायुल र आन्टीको भूमिकामा लक्ष्मी जोशीले अभिनय गर्नेछिन् । अमेरिका निवासी जोशी गीत छायांकनकै लागि यतिबेला नेपालमा छिन् । भिडियोलाई सुब्रत आचार्यले निर्देशन गर्नेछन् । दिनेश पराजुलीको छायांकन रहने गीतको शब्द, संगीत स्वयंम गायककै हो ।

¥याप, आर एन्ड बी, एस्थेटिक जस्ता आधुनिक विधामा रमाउँने दुलालले ४० भन्दा बढी गीत लेखिसकेको बताउँछन् । ‘आन्टीकी छोरी’ उनले छ वर्षअघि लेखेका हुन् । अहिले उक्त गीतको रिहर्रसल भइरहेको छ । मायुल चर्चित लोकदोहोरी गायक घमेश दुलालका छोरा तथा गायिका सुनिता दुलालकी भदा हुन् ।

यो पनि…
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested