English

वर्षा याममा टाउकोमा फंगल इन्फेक्सन हुन सक्छ



वर्षामा भिज्दा छालामा इन्फेक्सन हुने मात्रै होइन, टाउकोमा पनि धेरै समस्या देखिन थाल्छ । वर्षा याममा भिजेको माटो र बारम्बार पानीले टाउकोमा फंगल इन्फेक्सनको समस्या निम्त्याउँछ । सुरुमै ख्याल गरिएन भने समस्या बढ्न सक्छ । यस फंगल इन्फेक्सनबाट छुटकारा पाउन तपाईँ पार्लरमा गएर हजारौँ रुपैयाँ खर्च गर्न सक्नुहुन्छ वा केही घरेलु उपाय अपनाएर यो संक्रमण हटाउन सक्नुहुन्छ । आज हामी तपाईँलाई फंगल इन्फेक्सनबाट बच्ने केही उपाय बताउने छौँ ।

कपाल सफा राख्नुहोस्

वर्षाको समयमा आफ्नो कपाल सधैँ सफा राख्नुहोस्। यदि कपाल फोहोर छ भने संक्रमणको जोखिम बढी हुन्छ । यस्तो अवस्थामा वर्षा याममा हप्तामा कम्तीमा दुई–तीन पटक कपाल धुने प्रयास गर्नुहोस् ताकि कपाल सफा रहिरहोस् ।

नरिवल तेल प्रयोग गर्नुहोस्

नरिवलको तेलमा एन्टी ब्याक्टेरियल, एन्टी फंगल गुण हुन्छ, जसले फंगल इन्फेक्सनलाई निको पार्छ। यसलाई प्रयोग गर्नको लागि नरिवलको तेलमा मेथीको दाना मिसाएर कपालमा लगाउन सक्नुहुन्छ । यसले तपाईँलाई राहत दिनेछ ।

नीम प्रयोग गर्नुहोस्

नीममा यस्ता गुणहरू पाइन्छ जसले छालाको धेरै समस्याहरू हटाउन मद्दत गर्छ। यदि तपाईँको टाउकोमा पनि फंगल इन्फेक्सनको समस्या छ भने नीमको पातको पेस्ट बनाउनुहोस् र त्यसमा अलिकति कागती मिसाउनुहोस्। यो पेस्ट आफ्नो टाउकोमा लगाउनुहोस् र त्यसपछि सादा पानीले आफ्नो कपाल धुनुहोस्।

फंगल संक्रमण कसरी पहिचान गर्ने ?

धेरैलाई थाहा पनि हुँदैन कि उनीहरूको टाउकोमा फंगल इन्फेक्सन छ । यसको लक्षण सामान्य छाला संक्रमण भन्दा धेरै फरक छ। टाउकोमा फंगल इन्फेक्सन हुँदा टाउकोमा स–साना फोकाहरू हुन्छन् । टाउकोमा बाक्लो, रातो र टाँसिने तह बनाउँछ ।

यो पनि…
वर्षा याममा कपालको हेरचाह यसरी गर्नुहोस्
आलुको बोक्रा कपालका लागि धेरै फाइदाजनक हुन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested