English

वास्तु शास्त्र : ढोकाअगाडि राख्नै नहुने चीज



वास्तु शास्त्र अनुसार घरको चारै दिशामा कुनै न कुनै देवताको वास हुन्छ । त्यसैले गलत दिशामा राखिएको चीजले तपाईँको घरमा नकारात्मक ऊर्जा ल्याउन सक्छ। मुख्य गेटमा राखिएका यी चीजहरूले तपाईँको जीवनमा कलह ल्याउन सक्छ। त्यसैले यी चीजहरू मुख्य ढोका अगाडि राख्नु हुँदैन।

फोहोर

घरको मुख्य प्रवेशद्वारमा सरसफाइ हुनु अति आवश्यक छ । वस्तुलाई सही दिशामा राख्ने हो भने घरमा लक्ष्मीको आशीर्वाद रहन्छ भन्ने मान्यता छ । घरको मुख्य प्रवेशद्वार अगाडि राखिएको फोहोरलाई गरिबीको प्रतीक मानिन्छ । तर घरको अगाडि जहाँ फोहोर हुन्छ, त्यहाँ माता लक्ष्मीको बास हुँदैन । यसले घरमा अशान्ति र रोग निम्त्याउन सक्छ।

काँडे दार बिरुवा

वास्तु शास्त्र अनुसार घरको मुख्य प्रवेशद्वारको अगाडि काँडे बिरुवा हुनुहुँदैन । वास्तु शास्त्र अनुसार यो बोटलाई वर्जित मानिन्छ। यो बिरुवा घरको अगाडि राख्नाले सुख र समृद्धिमा बाधा पुग्छ ।

फोहोर पानी

घर बाहिर फोहोर पानी राख्नु पनि अशुभ मानिन्छ । त्यसैले घरबाहिर फोहोर जम्मा भएमा नकारात्मक ऊर्जा घरभित्र पस्न सक्छ । त्यसैले घरबाहिर फोहोर पानी जम्मा हुन नदिनुहोस् ।

ढुङ्गा

धेरैले घरको सुन्दरता बढाउन घरबाहिर विभिन्न प्रकारका ढुङ्गा र इँटा राख्छन् । तर वास्तु शास्त्रका अनुसार ढुङ्गाले मानिसलाई जीवनमा अगाडि बढ्न दिँदैन । त्यसैले घरबाहिर ढुङ्गा छ भने तुरुन्तै हटाउनुहोस्।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested