English

आलुको बोक्रा कपालका लागि धेरै फाइदाजनक हुन्छ



आलु यस्तो तरकारी हो, जुन हरेक घरमा दैनिक बनाइन्छ। यो पनि लगभग सबैलाई मन पर्छ। आलुमा प्रोटिन, कम्प्लेक्स कार्बोहाइड्रेट, पोटासियम, भिटामिन सी, भिटामिन बी–६, नियासिन र थायामिनलगायत धेरै पोषक तत्त्वहरू पाइन्छ। प्रायः मानिसहरूले आलु प्रयोग गरेपछि बोक्रा फाल्ने गरेको देखिन्छ । हामी सबैलाई आलुको पौष्टिक तत्त्वको बारेमा थाहा छ, तर के तपाईँलाई थाहा छ आलुको बोक्रामा केही यस्ता पोषक तत्त्वहरू पाइन्छ, जुन कपालका लागि निकै फाइदाजनक हुन्छ ।

कपालको लागि आलुको बोक्रा धेरै लाभदायक हुन्छ। त्यसोभए यदि तपाईँले पनि आफ्नो कपालको हेरचाह गर्न हजारौँ रुपैयाँ खर्च गर्नुभयो तर पनि फाइदा पाउनुहुन्न भने, आउनुहोस् हामी तपाईँलाई आफ्नो कपालमा आलुको बोक्रा कसरी प्रयोग गर्ने भनेर सिकाउँछौँ। यसका लागि धेरै मेहनत गर्नु पर्दैन ।

आलुको हेयर मास्क बनाउन को लागी सामग्री

१ कप आलुको बोक्रा
२ चम्चा मह
१ चम्चा एलोभेरा जेल

हेयर मास्क कसरी बनाउने ?

आलुको बोक्राबाट हेयर मास्क बनाउनको लागि पहिले बोक्रालाई राम्ररी धुनुहोस्। अब यसलाई १० मिनेटसम्म राम्ररी उमालेपछि बोक्रालाई पानीबाट अलग गरी राम्ररी म्यास गर्नुहोस्। अन्तमा यसमा मह र एलोभेरा जेल हालेर राम्ररी मिलाउनुहोस्। यसको मास्क आफ्नो कपालमा लगाउनुहोस्। चाँडै तपाईँले फाइदाहरू देख्न सुरु गर्नुहुनेछ।

आलुको हेयर कलर

१ कचौरा हेन्ना पाउडर
२ चम्चा आलुको बोक्राको पाउडर
१ चम्चा एप्पल साइडर सिरका

यसरी बनाउनुहोस् हेयर कलर

आलुको बोक्राले कपाललाई कलर गर्नको लागि पहिले एउटा कचौरामा हेन्ना पाउडर र आलुको बोक्रा मिलाउनुहोस्। अब यसमा स्याउको सिरका हाल्नुहोस् र राम्ररी मिलाउनुहोस्। यो कपाल कलर गर्दा, ध्यान राख्नुहोस् कि यसमा पानी थप्नु हुँदैन ।

यसरी प्रयोग गर्नुहोस्

आलुको बोक्राबाट बनेको हेयर कलर लगाउनको लागि, पहिले आफ्नो कपाल खोल्नुहोस्। आवश्यकता अनुसार हेयर कलर निकाल्नुहोस् । यसलाई ब्रसको मद्दतले कपालमा अलग–अलग लगाउनुहोस्। तीनदेखि चार घण्टासम्म सुकेपछि मनतातो पानीले कपाल धुनुहोस् ।

यो पनि…
अनावश्यक सौन्दर्य उत्पादनहरूबाट टाढा रहनुहोस्
सुन्दर छालाको लागि उपयोगी टमाटर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested