English

‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट



नेपाली पात्रो’ र राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ । नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटा र तोयनाथ पात्रोका सम्पादक सूर्यनाथ पन्तबीच सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेन्डर हो । प्रविधिको विकाससँगै एन्ड्रोइड तथा आइफोनजस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरूले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथि मितिको विश्वसनीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

झन्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्त्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसँग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु ।

‘झन्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्त्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसँग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु । पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसँग आधुनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भुत अनुभव हो ।’ प्रमुख कार्यकारी अधिकृत देवकोटा भन्छन्, ‘शताब्दीअघि वहाँहरूसँग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भुत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेन्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ ।’

त्यस्तै तोयनाथ पञ्चाङ्गका सम्पादक पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान–प्रदानको बहाना मिलेको बताए । नव वर्ष २०८० सालको क्यालेन्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको देवकोटाले बताए ।

यो पनि…
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
नेपाली पात्रोको नयाँ रेडियो अपडेट हेर्नु भयो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले