English

नेपाली पात्रोको नयाँ रेडियो अपडेट हेर्नु भयो ?



दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले ‘अद्भुत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा IOS तथा Android दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेटले देशभर र देश बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरूलाई समेट्ने काम गरेको छ भने रेडियोमा केही अद्भुत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समेटेको छ ।

जसमा रेडियोका श्रोताहरूले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरू पनि देख्न सक्नेछन् । ताजा सूचना तथा समाचारहरू अनलाइन माध्यमबाट पढ्न पनि सक्नेछन् । त्यी समाचारलाई विभिन्न सामाजिक सञ्जालमा सेयर गर्न पनि सकिनेछ । साथै सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम–रेडियोहरूले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही रेडियोको पेजमा पढ्न सकिनेछ ।

प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्न, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्न र उक्त रेडियो कति जनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरू देख्न सक्नेछन् । साथै रेडियो सुन्ने प्रयोगकर्ताहरूले नेपाली पात्रो लग–इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेषण समेत गर्न सक्नेछन् । त्यसरी सम्प्रेषण गरिएका विचारहरूमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् । प्रयोगकर्ताले नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गरेर अथवा अनइन्स्टल गरी इन्स्टल गरे भने लगइन नगरी फेब गरिएका रेडियो लिस्टहरू फेब सूचीमा देख्न सक्ने छैनन् ।

नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेन्डिङमा रहेका रेडियोहरू, प्रदेश अनुसारका रेडियोहरू, फ्रिक्वेन्सी सहितका रेडियोहरू र फ्रिक्वेन्सी नभएका तर अनलाइन माध्यममा रहेका लोकप्रिय अनलाइन रेडियोहरू पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएका छन् । यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्यमको रेडियो सुन्न मन लाग्छ सोही अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

अर्को अद्भुत सुविधा विश्वकप फुटबल सकिए लगत्तै हामीले सार्वजनिक गर्ने तयारी गरेका छौँ र ती दुवै सुविधा रेडियो श्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नवीन हुनेछ ।

उनी थप्छन् ‘अर्को अद्भुत सुविधा विश्वकप फुटबल सकिए लगत्तै हामीले सार्वजनिक गर्ने तयारी गरेका छौँ र ती दुवै सुविधा रेडियो श्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नवीन हुनेछ ।’

यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अङ्क तालिका, लाइन अप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा ‘IME Football 2022’ पनि समावेश गरेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

नेपाली पात्रो–नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव–पर्वहरू, विभिन्न जातजाति, भाषा भाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेन्डर हो । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथि मिति, पञ्चाङ्ग, शुभ साइत र मुहूर्त घडी पलाहरूको सम्पूर्ण जानकारीहरू सजिलै हाम्रो वेबसाइटबाट, अथवा iPhone तथा Android मा उपलब्ध Best Nepali Patro App मार्फत विश्वको जुनसुकै कुनाबाट सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

यो पनि…
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली