English

साताको अन्तिम कारोबार दिन बढेन सेयर बजार



सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले घटेर एक हजार नौ सय ३३.३१ बिन्दुमा झरेको छ ।

जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको सेयर घटेको छ । २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested