English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



शुक्रबार अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी विनिमयदरमा एक डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

बिहीबार एक डलरको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएकोमा १३ पैसाले सस्तिएको हो। शुक्रबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ। त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँमा तीन पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ दुई पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ आठ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच भएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested