English

नेपालको छायांकनमा आइपुग्यो फिल्म युनिट ‘सम्हालिएको जाती’



निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ’सम्हालिएको जाती’ को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी शरणार्थी हरूको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा बताइएको छ । इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभा हलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दीपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामको उपस्थिति रहेको थियो ।

यस्तै पत्रकार सम्मेलनकै क्रममा लामो समयदेखि इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रूपमा अनुभव बटुल्दै फिल्म उद्योगमा यही ठाउँबाट योगदान पुर्याएको भन्दै फिल्म युनिटले कोशी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योञ्जन तामाङलाई सम्मान समेत गरेको छ । तामाङसँग ३४ बर्सपछि भेट भएको र उनेको प्रगति र अनुभवलाई सम्मान गर्दै पुनः सहकार्य गर्ने अवसर जुरेकोमा निर्देशक रामदामले खुसी व्यक्त गरे ।

‘सम्हालिएको जाती’ फिल्मको नेपालमा हुने छायांकनको जिम्मेवारी पनि कोशी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा विराटनगर एयरपोर्ट लगायत कोशी प्रदेशका विभिन्न ठाउँमा यो फिल्मको छायांकन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भूमिका रहने बताइएको छ । झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटले बताएको छ ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested