English

सेयर बजारमा लगातार पाँचौं कारोबार दिन गिरावट



सेयर बजार परिसूचक नेप्से लगातार पाँचौं कारोबार दिन घटेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८ विन्दुमा आइपुगेको हो। 

यी पाँच दिनमा नेप्सेले ८९ अंक गुमाइसकेको छ। बजार यसअघिको न्युन विन्दु १८६४ भन्दा मात्रै ७४ अंकको दुरीमा छ। गत पुस सात गते नेप्से यो विन्दुमा थियो। 

पछिल्लो पाँच दिनदेखि बजारमा दैनिक कारोबार रकम समेत दुई अर्बभन्दा कम हुन थालेको छ। आइतबार भने एक अर्ब ३९ करोड रूपैयाँको कारोबार भयो। विहीबारको तुलनामा भने कारोबार रकम ४.५१ प्रतिशतले कम हो। विहीबार एक अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको हो।

आइतबार कारोबार आएका २५९ सेयर तथा ऋणपत्रमध्ये ३४ वटाको मूल्य बढेको छ भने २१७ वटाको मूल्य घटेको छ। 
हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टको सबैभन्दा धेरै रकमको कारोबार भइरहेको छ। 

सुपर मादी हाइड्राको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर २९ रूपैयाँले बढेर ३२८ पुगेको छ। सबैभन्दा धेरैले मूल्य घट्नेमा सामलिङ पावर रहेको छ। कम्पनीको मूल्य १० प्रतिशतले घटेर अन्तिम कारोबार ५१३ रूपैयाँमा भएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested