English

कोरोनाबाट एकैदिन ३५ जनाको मृत्यु, ४,९२८ मा संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ रहेको छ । क्वारेन्टाइनमा अहिले ५९ जना रहेका छन् भने आइसोलेशनमा रहनेको संख्या ३४ हजार १ सय १७ रहेको छ ।

त्यस्तै गत २४ घण्टामा १२ हजार ५९७ जनाको पीसीआर परीक्षण भएको छ भने ९६३ जनाको एन्टीजेन परीक्षण भएको छ । योसँगै नेपालमा गत २४ घण्टामा १३ हजा ५ सय ६० जनाको कोरोना परीक्षण भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested