English

स्मार्ट सिरोजेनिक्स : ग्राहकहरूको सहजताका लागि नयाँ शोरुम



नेपालका लागि सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले सीजी–नेक्सजेनको अवधारणा ल्याएको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलहरूमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनहरूको बिक्री व्यवस्थापन गर्न सीजी–नेक्सजेनको अवधारणा ल्याएको बताएको छ ।

सो अवधारणाअन्तर्गत ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौंमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ । सो स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजीरनेक्सजेनका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद सिरोहियाले संयुक्त रूपमा गरेका हुन् ।

सवारीसाधन खरिदकर्तालाई सवारीसाधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी–नेक्सजेन च्यानलको बेन्चमार्क हो । ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ शोरुम डिजाइन गरिएको हो ।

सीजी–नेक्सजेनमार्फत सुजुकी ब्रान्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरूले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने कम्पनीको दाबी छ । यही विश्वासका साथ नक्सालस्थित ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकहरूले सुजुकीको ‘ग्रान्ड भाइतारा, स्क्रोस, इर्टिगा, एक्सएल६, डिजायर, इग्निस, बालेनोजस्ता प्रिमियम गाडीहरू खरिद गर्न सक्ने बताइएको छ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सको सुविधा एउटै छानाबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो पनि…
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested