English

बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

२० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बिवाइडीको गाडी खरिद गर्न सकिने


कुमारी बैंक र साइमेक्स इंक प्रालिबीच ग्राहकलाई बिवाइडीका इलेक्ट्रीक गाडी खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। बिवाइडीका इलेक्ट्रीक सवारी साधन किन्न चाहाने ग्राहकलाई कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको हो ।

नेपालमा इभीको लोकप्रियता बढिरहेको र सोहीअनुसार आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले देशभरका शाखाबाट सहज रुपमा बिवाइडीका कार खरिदमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेपालका कुनै पनि बिवाइडी डिलरबाट इभी खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने र कर्जा आठ वर्ष अवधीसम्मको हुनेछ। यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले बिवाइडी अट्टो-३ खरिद गर्न जम्मा १२ लाख ९८ हजार रुपैयाँ र अल न्यू ई-६ खरिद गर्न जम्मा ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ।

हाल बिवाइडीको अट्टो-३ को बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ र अल न्यू ई-६ को बजार मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ।

यो पनि…
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested