English

लन्डनमा नेपाली फिल्म फेस्टिभल (फोटो फिचर)



बेलायतको राजधानी लन्डनमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल सुरु भएको छ । लन्डनमा १८ फेब्रुअरी शुक्रबारदेखि थर्ड आई टिमले पहिलो पटक नेपाली चलचित्र महोत्सव आयोजना गरेको हो ।

नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली फिल्म फेस्टिभल–२०२३ आयोजना गरिएको हो । लेस्टर स्क्वायरको प्रतिष्ठित प्रिन्स चार्ल्स सिनेमामा भएको उक्त कार्यक्रममा लगभग २०० व्यक्तिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा ओजेश सिंहले थर्ड आई टिमको परिचय गराउनुको साथै नेपाली चलचित्रको इतिहास र सन् १९५१ मा सत्य हरिश्चन्द्रबाट कसरी सुरु भयो भन्ने विषयमा प्रकाश पारेका थिए । समारोहमा लाखे नाच पनि प्रस्तुत गरिएको थियो ।

महोत्सवको उद्घाटन दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रकाश’ प्रदर्शनबाट भएको थियो। यस नेपाली फिल्म फेस्टिभलमा नेपालबाट करिब एक दर्जन कलाकारहरूको प्रस्तुति रहने थर्ड आईका टिमका निर्देशक विकास देवकोटाले बताएका छन् । उनका अनुसार महोत्सव समापन भएसँगै करिब आधा दर्जन हलमा रिलिज भइसकेका तर युट्युबमा प्रसारण नभएका फिल्महरू बेलायतको विभिन्न सहरहरूमा प्रदर्शन गरिने छ ।

कार्यक्रममा एक दर्जनभन्दा बढी नेपाली कलाकारको उपस्थिति हुनेछ । जसमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा लगायत रहेका छन् । फेस्टिभल यही २५ फेब्रुअरीसम्म हुने र जीवन काँडाकी फूल, झिंगेदाउ, प्रेमगीत–३ लगायतका फिल्म प्रदर्शन गरिने देवकोटाले बताए ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested