English

देशभर ४,८९७ जनालाई कोरोना संक्रमण, काठमाडौं उपत्यकामै २ हजार भन्दा धेरै



नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट गत २४ घण्टामा गरिएको १३ हजार ८ सय ८९ जनाको नमूनाको पीसीआर परीक्षणमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या ३ हजार २११ पुगेको छ । गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७७४ र एन्टीजन विधिबाट १ सय २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज काठमाडौं उपत्यकामा, भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १ हजार ४६४ गरी २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर अहिले ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घण्टामा ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले संस्थागत आइसोलेशनमा २ हजार ३६४ होम आइसोलेशनमा २७ हजार ८ सय ४५ जना रहेका छन् ।

त्यस्तै ३१७ जना आइसीयूमा रहेका छन् भने ९८ जनाको भेन्टिलेटरमा रहेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ ।

गत सोमवारदेखि आजसम्म नेपालमा ४० हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा १२ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७०६ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested