English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ४० पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसा पाइन्छ। बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९५ पैसा बढेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९३ रूपैयाँ ७९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ८९ पैसा र बिक्रीमा ३१ रूपैयाँ ४ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ५७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested