English

आज सोनाम ल्होसार-यसकारण मनाउन थालियो ल्होसार



आज सोनाम ल्होसार
यसकारण मनाउन थालियो ल्होसार

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले  यो पर्व नयाँ वर्षको रुपमा मनाउने गर्छन्।

हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ। आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश हुन्छ।

एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन्। तामाङ, गुरुङ,शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो। ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ।

२८५७ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ। नेपालका विभिन्न समुदायले फरक-फरक क्यालेण्डर मान्दै आएका छन्। सोनाम तथा ग्याल्बो ल्होसार, तमु ल्होसार लगायत ल्होसार पनि विभिन्न तिथिमा मनाउने गरिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र