यस तालबाट बिहानै आउँछ डरलाग्दो आवाज
हाम्रो पृथ्वीमा यस्ता धेरै प्राकृतिक स्थानहरू छन् जुन कुनै रहस्यभन्दा कम छैनन् । यस्तै एउटा ताल दक्षिण अफ्रिकामा रहेको छ । जहाँको पानी पिएपछि कोही बाँच्दैन । लिम्पोपो प्रान्तमा अवस्थित यस तालको नाम फण्डुजी हो। भनिन्छ, फुण्डुजी तालको पानी पिउने कोही पनि बाँच्दैनन् । पानी पिएपछि उसको मृत्यु हुन्छ ।
स्थानीय वासीका अनुसार पुरातन समयमा यहाँबाट गुज्रने कुष्ठ रोगीलाई यहाँका बासिन्दाले खाना र बास नपाएको भन्दै ती मानिसहरूलाई श्राप दिएर तालमा पसेर बेपत्ता भएका थिए । यो पोखरी भित्रबाट बिहानै ढोल बजाएर जनावर र मानिसको चिच्याहट सुनिने गरेको जनाइएको छ ।
यस ताललाई पहाडमा बसोबास गर्ने ठूला अजिङ्गरले संरक्षण गर्ने गरेको स्थानीय बासिन्दाले पनि बताउँछन् जसलाई खुसी पार्न हरेक वर्ष भेण्डा आदिवासी समुदायले नाचगान महोत्सव आयोजना गर्ने गरेका छन् जसमा कन्या युवतीहरू नाच्छन् । पहिरोका कारण मुतली नदीको बहाव रोकिएपछि यो ताल प्राचीन कालमा बनेको बताइन्छ । सबैभन्दा रहस्यमय कुरा यो हो कि यो तालको पानी एकदम सफा छ, तर पनि यो पानी पिएर मान्छे मर्छन्।
कतिपयले पानीको रहस्य जान्न धेरै पटक प्रयास गरे तर हरेक पटक अनुसन्धानकर्ताहरू यो काममा सफल भएनन् । भनिन्छ कि सन् १९४६ मा एन्डी लेविन नामका व्यक्तिले यस तालको पानीको सत्यता थाहा पाएका थिए । त्यहाँबाट पानी र केही बोटबिरुवा लिएर उनी गए । तर एक्कासि बाटो हरायो । त्यसपछि उनले पानी र बिरुवा फ्याँके, तब मात्र उनले सही बाटो देखे। यस घटनाको एक हप्तापछि उनको मृत्यु भएको बताइएको छ । जसका कारण स्थानीयले यस तालको पानी पिउन पाउँदैनन् ।
यो पनि…
यी हुन् विश्वका अचम्मका अन्तर्राष्ट्रिय सिमाना
यी हुन् विश्वका अचम्मका ठाउँ










binance h"anvisningskod
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.