English

यी हुन् विश्वका अचम्मका ठाउँ



हाम्रो पृथ्वी लाखौँ रहस्यले भरिएको छ। जसको बारेमा मानिसलाई आजसम्म थाहा छैन । आज हामी तपाईँलाई केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका छौँ जसको बारेमा तपाईँले सायदै सुन्नु भएको छैन । सबैभन्दा पहिले जापानको एउटा यस्तो जङ्गलको कुरा गरौँ, जसको बारेमा भनिन्छ यो जङ्गलमा गएर मानिसले आत्महत्या गर्छन् ।

सुसाइड फरेस्ट ओकिघारा, जापान

सुसाइड फरेस्ट जापानको ओकिघरामा अवस्थित छ। जहाँ सन् २००२ मा ७८ जनाले आत्महत्या गरेका थिए । पुरातन जापानी किंवदन्ती अनुसार, एक पटक पुरातन जापानका केही मानिसहरूले आफैँलाई खुवाउन नसकेपछि उनीहरूलाई ओकिघाराको यो जङ्गलमा छोडियो। जहाँ सबै जना भोक र तिर्खाले मरे । ओकिघारा वन जापानको माउन्ट फुजीको फेदमा अवस्थित छ। यो जङ्गललाई विश्वभर सुसाइड फरेस्टको नामले चिनिन्छ ।

यो जङ्गल घुम्न आउने मानिसहरू यहाँ आएर आत्महत्या गर्ने विश्वास गरिन्छ । यस जङ्गलमा आत्महत्या गर्नेको शव निकाल्न स्थानीय प्रहरीले हरेक वर्ष अभियान चलाउने र त्यसपछि शव निकाल्ने गरेको बताइन्छ ।

फ्रान्सेली क्याटाकोमज

फ्रेन्च क्याटाकोमज नामको यो ठाउँ फ्रान्सको राजधानी पेरिसमा छ। जसलाई जमिनबाट २० मिटर गहिराइमा डिजाइन गरिएको हो । मानिसहरूले यस ठाउँलाई चिहानको तहखाने भनेर चिन्छन्। यो ठाउँमा ६० लाख शवलाई सजाइएको छ । यस तहखानेमा मृतकको हड्डी र खोपडीबाट करिब दुई किलोमिटर लामो पर्खाल बनाइएको छ ।

स्न्याक आइल्याण्ड, ब्राजिल

स्न्याक आइल्याण्ड ब्राजिलमा अवस्थित छ, यसलाई साओ पाउलो आइल्याण्ड भनिन्छ। यो एक रहस्यमय ठाउँ हो किनभने यस टापुमा एक हजार दुई हजार होइन लाखौँ सर्पहरू जन्मिएका छन्। यस टापुमा मानिसहरू जान पूर्ण प्रतिबन्ध छ। यस टापुमा सर्पको सङ्ख्या लगातार बढिरहेको छ। यहाँ प्रत्येक वर्ग मिटरमा पाँच वटा सर्प बस्छन्। यस टापुमा बस्ने सर्पहरू संसारको सबैभन्दा खतरनाक सर्पहरू मध्ये एक हो।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,