English

यात्रा खयर भारानीको (भिडियो पनि)



म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ स्थित पाउद्वारको शिरमा रहेको खयर भारानी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित छ । समुद्री सतहदेखि ४ हजार ६ सय ६० मिटरको उचाइमा रहेको खयर भारानीमा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन खयर भारानी देवीको पूजा र भाकल गर्न देशका विभिन्न ठाउँहरूबाट भक्तजन जाने गर्छन्।

यसलाई खोप्रा पदमार्ग पनि भनिनछ । खयर भारानीमा पुग्न सदरमुकाम बेनी नजिकैको पाउद्वार गाउँदेखि २ दिन उकालो पदयात्रा गर्नुपर्छ। पाउद्वारबाट हिँडेर पहिलो दिनको बास बस्न खोप्रा डाँडा पुगिन्छ। खोप्रामा सामुदायिक लज छन्। त्यहाँ खान र बस्नको सुविधा छ। ३ हजार ६ सय ६० मिटरको उचाइमा रहेको खोप्रा पुगेपछि त्यहाँबाट देखिने मनोरम प्राकृतिक दृश्यले दिनभर हिँडेको थकान बिर्साइदिन्छ । त्यहाँबाट अन्नपूर्ण साउथ हिमाल आँखै अगाडि देखिन्छ । खयर भारानी खोप्रा लेकबाट १ हजार मिटर उचाइमा रहेकाले हिमाली क्षेत्रको उकालो हिँड्नुपर्छ।

खोप्रा बाट नौलो वन हुँदै भेडिगोठ पुगिन्छ । त्यहाँ कुनै पनि होटेलको व्यवस्था छैन, तर जनपूर्णिमाको अवसरमा भारानी दर्शन गर्न आउने तिर्थालुको लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष र स्थानीयले खाना बस्नको सुविधा सहितको छाप्रो बनाउँछन् । त्यहाँ बास बसेर जनै पूर्णिमाको दिन राति २ बजेदेखि नै खयर भारानी जान भक्तजनको चहलपहल सुरु हुन्छ। बली चढाउने भेडाका साँड र बोका लिएर भक्तजन खयर भारानी देखि केही तल रहेको धोती खोलामा राति नै पुगिसकेका हुन्छन्। त्यहाँ रहेको

भारानीको दर्शन गर्न जाँदा बाटोमा चौतारीपिच्छे दर देउता भेटिन्छन् । उडिन ढुङ्गाको चौतारो, ढुङ्गा गाडेको मण्डली, कामधेनु गाइको फाल, ढुङ्गा उचाल्ने देउराली, ढोकादारी सिद्ध लगायतका २० वटा दर देवता बाटोमा छन् । जहाँ कतै नछुटाई धुँप धजा चढाउनु पर्ने हुन्छ । ४ हजार ६ सय ३० मिटर उचाइमा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। पुगेपछि त्यहाँ पुजारीले‚ ‘हे देवी भक्तको मनोकाङ्क्षा पुयारइर्दिनू’ भन्दै तालबाट हिलो माटो, ढुङ्गा आदि झिकेर भक्तजनलाई दिने गर्छन्। भक्तालुले एउटा मात्र वर माग्नुपर्ने हुन्छ । त्यहाँ वर मागिसकेपछि ढोकादारी सिद्ध हुँदै तल खोलासम्म पछाडि नफर्कीकन र नबोलीकन फर्किनुपर्छ भन्ने जनविश्वास छ । खयर भारानी ताल र मन्दिरमा नरिवल र भेडाका साँडले पूजा गर्ने परम्परा छ। प्रसादका लागि भेटी चढाई धजा लिने गरिन्छ।

किंवदन्तीअनुसार वाराही माईका ९ बहिनीमध्ये जेठी खयर भारानी, ताल वाराही देवी माइली, पेरीभारानी साहिँली, मणिभारानी काहिँली, गोर्सेभारानी ठाहिँली, कालीभारानी राहिँली, श्रीभारानी ठूली कान्छी, किमोबटकी भारानी अन्तरी कान्छी र नाकाजीभारानी कान्छी हुन् भन्ने किंवदन्ती छ ।

मनसुनको समयमा पदयात्रा गर्न उपयुक्त यस ठाउँमा वरपरका हिमशृङ्खला, हरियाली पाखा, विभिन्न प्रजातिका रङ्गीबिरङ्गी फूल, झुन्ड झुन्डमा देखिने भेडाका बथान, आकाशमा देखिने सफा सेतो बादल, एकान्त ठाउँबाट स्वच्छ हावामा स्पर्श गर्दै उडेका पक्षी देख्दा मनै प्रफुल्ल हुन्छ। ढुङ्गा छापेर बनाएको फराकिलो र सहज उक्त पदमार्गमा राजधानी काठमाडौँदेखि एक हप्ताको समय र करिब १५ हजार लागतमा प्रकृतिसँग फूलै फूलको पैदल यात्रा गरेर फर्किन सकिन्छ ।

भिडियो :

यो पनि…
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)
फूलहरूलाई के हिउँद के बर्खा (फोटो फिचर)



...
注册

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested