English

एकैदिन थप ४,५२४ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु



नेपालमा एकैदिन थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यति संख्यामा कोरोना पुष्टि भएको हो ।

थपिएकामध्ये, काठमाडौं उपत्यकामा १ हजार ९ सय ६६ जना छन् । जसमा काठमाडौंमा १ हजार ६ सय २, भक्तपुरमा १ सय २४ र ललितपुरमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको छ । तीमध्ये २ हजार ८ सय ७३ जना संस्थागत आइसोलेसनमा छन् भने २३ हजार ३ सय ५२ जना होम आइसोलेसनमा छन् ।

यस्तै, आज मंगलवार थप १८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय ९४ पुगेको छ । त्यस्तै, देशभर ३ सय १५ जनाको आइसीयू र ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मंगलवार देशभरका प्रयोगशालाबाट १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये पीसीआर विधिबाट ३ हजार ४ सय ४२ र एन्टिजेन विधिबाट १ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested