English

मर्यादित महिनावारी दिवसमा ‘हाइब्रिड सम्मेलन’



डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो ।

यस वर्ष लगभग ६० वटा राष्ट्रले ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ चौथो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वव्यापी रूपमा मनाएका छन् । त्यसैसरि नेपालमा विभिन्न सरकारी निकाय तथा सरोकारवालाहरूले सात वटै प्रदेशमा मर्यादित महिनावारीलाई केन्द्रित बनाएर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् ।

यसैबीच राधा पौडेल फाउन्डेसनले एड्स हेल्थ केयर फाउन्डेसन, शीतल मिडिया घर प्रा.लि, र मोगुल मिडिया हाउसको सहयोगमा चौथो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा आयोजित ‘हाइब्रिड सम्मेलन’ कार्यक्रम समापन गरेको छ । सोही सम्मेलनमा मर्यादित महिनावारीका विज्ञ राधा पौडेलले लैङ्गिक हिंसा अन्त्यका लागि मर्यादित महिनावारीको आवश्यकता विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

उक्त सम्मेलनमा एड्स हेल्थ केयर फाउन्डेसनका एसिया ब्युरो चिफ डा. सरथ चिमले lnaugural Remarks पेस गरेका थिए । साथै लोरेटा वोङ्ग (ए. एच. एफ) मोन श्री का (ए. एच. एफ, कम्बाडिया), जुलियन इलेनिया पाल्मारियो तुम्बाली (ए. एच. एफ, फिलिपिन्स), अनाही रोड्रिगेज (मेक्सिको), असिम्वी ब्रिडजेट (युगाण्डा), यानो रोकोह कामाराले विभिन्न देशलाई प्रतिनिधित्व गर्दै आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।

मर्यादित महिनावारी दिवसलाई लक्षित गरी दक्षिण गोलार्द्धीय महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनले भिडियो र मिडिया कल पुरस्कार प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न देशबाट २०० जना भन्दा बढीको उपस्थिति रहेको उक्त सम्मेलनमा लामो समयदेखि मिडिया पार्टनरको रूपमा रहेको नेपाल एफ. एम नेटवर्क र मेन च्याम्पियनको रूपमा समीर परियारलाई सम्मान गरिएको थियो ।

यो पनि…
‘मर्यादित महिनावारी र रजनोबृत्ती जीवनको महत्त्वपूर्ण विषय हुन्’
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



...
Create Personal Account

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
binance konto

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested