English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



गत आइतबारदेखि स्थिर रहेको अमेरिकी डलर मंगलबार भने बढेको छ। आज अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ८२ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ४२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३७ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३८ रुपैयाँ ५० पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४१ पैसा र बिक्रीदर १६१ रुपैयाँ १५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३० रुपैयाँ २ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९३ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
νοιγμα λογαριασμο Binance

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/register?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested