English

जब युवक खेल चलिरहेकै बखत मेसीको अटोग्राफ लिन मैदान छिरे



सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन । विश्वकप फुटबल ताका सबैभन्दा बढी बिक्री हुने अर्जेन्टिनी जर्सी हो नम्बर १० ।

मेसी अर्थात् किर्तिमानका खाद । विश्वकै सर्वाधिक चर्चित र उत्कृष्ट खेलाडी कहलिएका मेसीको खेल प्रत्यक्ष हेर्ने र यिनलाई भेट्ने चाहना नभएका फुटबलप्रेमी विरलै होलान् । विश्वकप खेलिरहँदा कैयौँ दर्शकदिर्घाको भिडमा बारम्बार एउटै नाउ गुन्जिरहन्छ ‘मेसी–मेसी’ । मैदानमा अन्य खेलाडी पनि हुन्छन् । तर मेसीका अघि अरू सबै फिक्का बने । मेसी मैदानमा भएपछि गोलको आस नहुने कुरै हुँदैन ।

एकपटक हङकङेली मैदानमा मेसीप्रतिको क्रेज कतिसम्म देखियो भने एक चिनिया युवक खेल चलिरहेकै बखत सुरक्षाकर्मीका घेरा तोडेरै उनको अटोग्राफ लिन मैदान छिरे । खेल एकाएक रोकियो । सुरक्षाकर्मीले रोक्दारोक्दै मेसी छेउ पुगेका उनले आफूले लगाएको अर्जेन्टिनी जर्सीमा अटोग्राफ लिएरै छाडे । त्यसको केही समयपछि उसैगरी मैदान प्रवेश गरेका अर्का युवक भने मेसी छेउ नपुग्दै समातिए ।

यी त प्रतिनिधि घटना मात्र भए । यी युवा जस्ता हजारौँ फुटबलप्रेमी मैदानमा हुन्छन् जो मेसीसँग कुम जोराएर तस्बिर खिच्न र अटोग्राफ लिन चाहन्छन् । तर हरबखत सुरक्षाकर्मी तगारो बनेपछि यिनका सपना त्यसै तुहिन्छन् ।

विश्वकै दोस्रो महँगा फुटबल खेलाडी मध्येका यिनको वार्षिक आम्दानी १३० मिलियन अमेरिकी डलर रहेको फोब्र्समा उल्लेख छ । स्पेनेली बार्सिलोना क्लबबाट खेल्ने मेसीलाई फुटबल प्रेमीहरू विख्यात खेलाडी डियागो म्याराडोनाको अवतार पनि भन्ने गरेका छन् । ‘मेसीको क्षमता असीमित छ, मलाई लाग्छ उ सँग सबै चीज छ जसले उसलाई अर्जेन्टिनाकै महान् खेलाडी बनाउन सक्छ’, म्याराडोनाले उनका बारे यसो भनेका थिए । ‘फुटबल आइकनको कुनै ठोस परिभाषा हुने थियो भने त्यो अरू केही नभएर मेसी हुने थिए’, उनीबारे सम्चार माध्यमहरूमा लेखिएका छन् ।

यो पनि…
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि
मैदान छिर्नुअघि खेलाडीको अनौठा हरकत : चुम्बन गर्नेदेखि नुन छर्कनेसम्म



...
gratis gate io-konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/register/person?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested