जाडोमा तातो पानीले नुहाउँदा निम्तिन्छ यस्ता समस्या
जाडो मौसम सुरु भएको छ । जाडो मौसममा चिसोका कारण मानिसहरू नुहाउन हिचकिचाउँछन् । यस्तो अवस्थामा उनीहरू नुहाउन तातो पानी प्रयोग गर्छन् । जाडोमा तातो पानीले नुहाउँदा रमाइलो लाग्न सक्छ तर यसले तपाईँका लागि समस्या निम्त्याउन सक्छ । अनुसन्धानका अनुसार तातो पानीको तापक्रम ३२ डिग्री सेल्सियससम्म मात्र हुनुपर्छ । यसभन्दा बढी तातो पानीले नुहाउँदा धेरै शारीरिक समस्या निम्त्याउन सक्छ । हामीसँग पानीको तापक्रमको सही जानकारी नभएकाले तातो पानीले नुहाउँदा यस्ता हानि हुन सक्छ ।
छाला बिग्रन सक्छ
तातो पानीको कारण छालाको आर्द्रता घट्छ, जसका कारण छालाको चमक हराउँछ । साथै, तातो पानीले तपाईँको छालालाई हानी पुर्याउन सक्छ। दैनिक तातो पानीले नुहाउँदा छालामा दाग, एक्जिमा, पिम्पल वा चिलाउने जस्ता समस्या हुन सक्छ ।
छालाको छिद्र बढ्छ
विज्ञहरूका अनुसार तातो पानीले नुहाउँदा छालाका छिद्रहरू निकै ठूला हुन सक्छन् । जसका कारण तपाईँको छालामा धुलो र माटो सजिलै भित्र पसेर छालालाई हानी पुर्याउन सक्छ । तातो पानीले छालाबाट यसको नमी सोस्छ, यसले छालामा सङ्क्रमणको जोखिम बढाउन सक्छ ।
रक्तचाप बढ्न सक्छ
विज्ञहरूका अनुसार तातो पानीले नुहाउँदा हाम्रो शरीरमा रक्तसञ्चार एकदमै छिटो हुन्छ । छिटो रक्तसञ्चारले रक्तचापको समस्या बढाउन सक्छ।
सुख्खा कपाल र डेन्ड्रफ
तातो पानीले कपाल सुख्खा हुन्छ, जसका कारण कपाल झर्न थाल्छ । तातो पानीले कपालको चिस्यान हटाउँछ जसले कपाललाई रुखो र सुख्खा बनाउन सक्छ। धेरै तातो पानीले टाउको धुँदा टाउको सुक्छ, यस्तो अवस्थामा डेन्ड्रफ बढ्छ।
जलन र रातो हुने समस्या
विज्ञहरूका अनुसार धेरै तातो पानीले नुहाउँदा शरीर जल्छ वा शरीरमा रातो–रातो दाग हुने जस्ता समस्या आउन सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार हामीले सधैँ सामान्य पानी अर्थात् शरीरको तापक्रमको पानीले नुहाउनु पर्छ। तातो पानीले नुहाउँदा आँखाको चिल्लोपन पनि कम हुन्छ, जसका कारण आँखा रातो हुने, चिलाउने र बारम्बार पानी आउने समस्या हुन सक्छ ।
यस्तो पानी प्रयोग गर्नुहोस्
विज्ञहरूका अनुसार नुहाउनुअघि पानीको तापक्रम जाँच्नुपर्छ, पानी धेरै तातो छ भने शरीरको तापक्रम बराबर भएपछि मात्र नुहाउने गर्नुपर्छ । जोर्नी दुख्ने समस्या छ भने तातो र चिसो पानी मिसाएर नुहाउनुस् । यसो गर्नाले दुखाइबाट मुक्ति पाउन सकिन्छ । तातोपानीले नुहाउँदा सधैँ हल्का हातले शरीरलाई मिचेर नुहाउने । यसो गर्नाले तपाईँको शरीरमा जमेको धुलो सजिलै हट्छ ।
यो पनि…
रुघाखोकीबाट छुटकारा पाउन प्याजको रस प्रयोग गर्नुहोस्
भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण










Fobertdoozy
I am very happy to have stumbled upon this excellent article. The objective approach and clear progression of ideas make it an absolute pleasure to read through from beginning to the end today. instant withdrawal online casino