महिलाले पाँच दिनसम्म लुगाविना बस्नु पर्ने
संसारभर विभिन्न परम्पराहरू हुन्छन्, त्यी मध्ये केही यस्ता छन् जसको बारेमा सुन्दा जो कोहीलाई अनौठो लाग्नेछ। हामी तपाईँलाई भारतको यस्तै एउटा परम्पराको बारेमा बताउन गइरहेका छौँ । यो परम्परा यहाँ शताब्दीयौंदेखि चल्दै आएको छ। वास्तवमा, हामी हिमाचल प्रदेशको मणिकर्ण उपत्यकाको बारेमा बताइरहेका छौँ, यहाँको परम्परा अनुसार महिलाहरूले पाँच दिनसम्म बिना कपडा बस्नुपर्छ। यो किन गरिन्छ भन्ने बारे पनि हामी बत्ताउनेछौँ। यो चलन कुनै नौलो होइन तर यहाँका महिलाहरूले शताब्दीयौंदेखि पालना गर्दै आएका छन् ।
यो अनौठो परम्परा पिनी गाउँमा खेलिन्छ
हिमाचल प्रदेशको मणिकर्ण उपत्यकामा अवस्थित पिनी गाउँमा यो परम्परा पालना गरिन्छ। यस गाउँमा महिलाहरू वर्षमा ५ दिनसम्म लुगाविना बस्छन् । यस परम्पराको विशेष कुरा के हो भने महिलाले यो परम्परालाई पालन गर्दा कुनै पनि पुरुषको अगाडि आउँदैनन् ।
यो परम्परा साउन महिनामा गरिन्छ
यो परम्परा साउन महिनामा गरिन्छ । यो चलन पुर्खादेखि चल्दै आएको भनिन्छ । मान्यता अनुसार आज पनि यस गाउँकी महिलाले यो परम्परा पालना नगरेमा उनको घर अशुभ हुन्छ । त्यसैले यो परम्परालाई पालना गरिएको हो । कतिपय मानिसहरू यो पनि विश्वास गर्छन् कि केही वर्ष पहिले सुन्दर लुगा लगाएकी महिलाहरू लाई दानवले लैजान्थे, जसलाई यस गाउँका देवताहरूले अन्त्य गरिदिएका थिए।
लहुआ देवता गाउँ आउँछन् !
मान्यताका अनुसार लाहुआ देवता अझै पनि यस गाउँमा आउँछन् र दुष्टसँग लड्छन्। साउनका यी ५ दिनमा गाउँमा मानिसहरू हाँस्न बन्द हुन्छन् र रक्सी, मासु जस्ता दुष्टता पनि यहाँ रोकिन्छन् । यस अवधिमा महिलाहरू संसारबाट अलग रहन्छन्। तर, अहिले नयाँ पुस्ताले यो परम्परालाई अलि फरक तरिकाले पछ्याइरहेका छन् । आजका महिलाहरू यी ५ दिनमा कपडाको सट्टा धेरै पातलो लुगा लगाउँछन्।
यो पनि…
यी हुन् विश्वका अचम्मका अन्तर्राष्ट्रिय सिमाना
यी हुन् विश्वका अचम्मका ठाउँ










binance register
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.