English

निषेधाज्ञामा के खुल्छन्, के बन्द हुन्छन् ?



काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा १६ वैशाखबाट निषेधाज्ञा जारी हुने भएको छ । सोमबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भएमा कुनैपनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

छलफलका क्रममा सुरुवाती चरणमा सार्वजनिक यातायात र निजी यातायात पूर्ण रूपमा बन्द गर्ने, होटललाई होम डेलिभरी र टेक अवेका लागि मात्र खुला गर्ने निर्णय भएको भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यी सेवा खुला

निषेधाज्ञामा किराना पसलसँगै औषधि पसल, अस्पताल, एम्बुलेन्स, शवबाहन र प्रेसका गाडी भने चल्न दिइने भट्टराईले बताए । यसैगरी, खाद्यान्न, तरकारी, पानी, दूधजस्ता दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने सवारी साधनलाई पनि खुला गरिएको छ ।

बैंक, हुलाक, कर कार्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयले आधा कर्मचारी राखेर सेवा दिनुपर्ने लगायतका निर्णय भएका छन् । खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यी सेवा बन्द

निषेधाज्ञासँगै सार्वजनिक तथा निजी यातायात पूर्ण रूपमा बन्द रहनेछन् । यस्तै, पार्टी प्यालेसमा भोज भतेरमा पूर्ण रूपमा रोक लगाइनेछ । विद्यालयहरू पूर्ण बन्द रहनेछन् । यी सँगै अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने भट्टराईले बताए । यसैगरी, किराना पसल बाहेकका सबै पसल बन्द हुनेछन् ।

काठमाडौं उपत्यकामा सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने बाहेकका सार्वजनिक र निजी सवारी साधन १६ वैशाखदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested