चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो महिलाविहीन
चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ।
२० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक उइजो प्रान्तकी सचिव सेन यिङले मात्रै पोलिटब्युरोमा दाबी पेश गरेकी थिइन्। तर उनलाई पोलिटब्युरोमा ल्याइएन।
उनलाई स्थान नदिएपछि २५ सदस्य पोलिटब्युरो महिलाविहीन भएको हो।
१९ औं राष्ट्रिय अधिवेशनले सुन चुनलानलाई पोलिटब्युरो सदस्यमा चयन गरेको थियो। उमेरका कारण उनले राजनीतिबाट अवकाश लिएकी छिन्। सन् १९४९ यता चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा ६ महिला मात्रै पुगेका छन्। तीमध्ये तीन जना संस्थापकका श्रीमती थिए।
पार्टीका संस्थापक नेता माओ त्सेत्सुङले महिलाले आधा आकाश ढाक्ने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको मूल सिद्धान्त लैङ्गिक समानता हुने बताए पनि सात दशकदेखि पार्टीमा महिलाको प्रतिनिधित्व नगन्य रहेको छ।
यो पनि…
किम जोङ उन उत्तर कोरियामा उत्कृष्ट पहिरन लगाउने पुरूष
उत्तर कोरिया, मैले जे देखेँ










Sign up to get 100 USDT
Your article helped me a lot, is there any more related content? Thanks!