‘मोफसल भ्रमण’ सकेर फर्कियो महापुरुष टिम
आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ ले मोफसल भ्रमण सकेको छ । गत २५ असोजमा पूर्वको विर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० असोजमा पोखरामा सकिएको हो ।
मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मबारे जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मीलगायतले टुर गरेका थिएँ ।
मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढीभन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ ।
कोरोनाको महामारीपछि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसी लागेको अभिनेता आचार्यले बताए । ‘मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढीभन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता आचार्यले भने ।
कार्यकारी निर्मातासँगै कलाकारसमेत रहेका बानियाँले दर्शक फिल्मप्रति उत्साहित रहेको बताए । ‘हामीले निर्माण गरेको अघिल्लो फिल्मले दर्शकसँग सम्बन्ध जोड्न मद्दत गरेको छ । महापुरुषलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ । टुरले उहाँहरूको मनसाय बुझ्ने मौका पनि दियो’, अभिनेता बानियाँले भने। दर्शकसम्म फिल्मको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको उनले बताए ।
पहिलो अनुभवमा धेरै यादहरू संगालेको छु । ब्रान्ड भ्यालूको कारण हलसम्म आउने दर्शकलाई रिझाउने प्रयास मेरो छ । उहाँहरूलाई याद हुने अभिनय गर्ने प्रयास गरेको छु ।
यसै फिल्ममार्फत डेब्यु गर्ने अरुण क्षेत्री र अञ्जना बराइली पनि उत्साहित छन् । ‘पहिलो अनुभवमा धेरै यादहरू संगालेको छु । ब्रान्ड भ्यालूको कारण हलसम्म आउने दर्शकलाई रिझाउने प्रयास मेरो छ । उहाँहरूलाई याद हुने अभिनय गर्ने प्रयास गरेको छु’, क्षेत्रीले भने । उनले यसअगाडि नै ‘आई एम ट्वान्टी वान’ मा अभिनय गरिसकेका छन् । यद्यपि प्रदर्शनको हिसाबले उनको यो डेब्यु फिल्म हो ।
अरुणझैँ अन्जना पनि फिल्मलाई लिएर उत्साहित छिन् । मोफसलमा दर्शकसँग साक्षात्कार गरेर काठमाडौं फर्किएकी अञ्जनाले अभिनेता मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरेकी छन् । ‘यो फिल्मले मेरो लागि स्कुलको काम गरेको छ । यसको सिकाइले आउँदो समयमा मलाई मद्दत गर्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा।लि।को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।
यो पनि…
विदेशमा पनि फिल्म ‘महापुरुष’ को रेगुलर शो
जात्रा सिरिज छाडेर ‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई










skapa binance-konto
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. pieregistrēties binance