English

एथलेटिक्समा आर्मीका दुई कीर्तिमान



पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालामा भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले गत असारमा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाउँदै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी थिइन्। सोही प्रतिश्पर्धामा एपीएफकी भागीरथी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जित्दा एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा उक्त दुरी पार गरिन् ।

एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन् । यसअघि गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो । उनी रजतमै समेटिए ।

निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरेर गोपी दोश्रो भएका हुन् । आर्मीकै गजेन्द्र राइले कास्य पदक जिते । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।

यो पनि…
नवौं राष्ट्रिय खेलकुद : टिम एनआरएनए, खेलाडी नेपालका
महिला क्रिकेटको खेल तालिका सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested