English

नवौं राष्ट्रिय खेलकुद : टिम एनआरएनए, खेलाडी नेपालका



नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । संघले प्रदेश– १ को टोलीलाई २–० गोल अन्तरले हराएको हो ।

बिहीबार पोखरास्थित गोस्टेघाट फुटबल मैदानमा भएको खेलमा एनआरएनएको तर्फबाट संजोक राई र विमल घर्ती मगरले १–१ गोल गरेका थिए ।

तर, एनआरएनएको तर्फबाट मैदानमा उत्रिएका अधिकांश खेलाडी गैरआवासीय नेपाली होइनन्। गोल गरेका राई र घर्ती पनि एनआरएन होइनन् । राई ए डिभिजन लिग खेल्ने खेलाडी हुन् भने घर्ती राष्ट्रिय टिमका खेलाडी हुन् ।

राईले सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफमा राष्ट्रिय टोलीका फरवार्ड घर्तीले सेकेण्ड गोल गरेका थिए ।

एनआरएनएले रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आबद्ध गराउने मुख्य उद्देश्यसहित ‘एनआरएनए खेलकुद प्रतिष्ठान’को स्थापना गरेको थियो । यही प्रतिष्ठानमार्फत संघले खेलकुद गतिविधिलाई अगाडी बढाइरहेको छ ।

संघले आठौं राष्ट्रिय खेलकुदमा पनि विदेशबाट आफ्ना खेलाडी ल्याएर सहभागिता जनाएको थियो । तर, यसपटक भने संघले विदेशबाट आफ्ना खेलाडी ल्याउन सकेको छैन। यद्यपि मलेसियालगायतका देशबाट केही एनआरएन खेलाडी भने फुटबलमा सहभागी छन् ।

प्रदेश १ ले एनआरएनएका सदस्य नभएका खेलाडीलाई टोलीमा राखिएको भन्दै विरोध समेत जनाएको थियो । तर, खेलपछि प्रोस्टेट पनि हाल्न पाउने भनेपछि बल्लतल्ल खेल सुरु भएको थियो ।

एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाका अनुसार विदेशबाट खेल्न आउने तय भएका आफ्ना खेलाडी नआएकोले नेपाली खेलाडी समावेश गर्नुपरेको बताए ।

‘आउने तय भइसकेका कतिपय खेलाडी कारणवश नआएकोले हो । अरू टिममा पनि बाहिरी खेलाडीलाई राखिएको छ। राख्न पाइन्छ भनेपछि हामीले पनि राखेका हौं,’ युवा उपाध्यक्ष थापाले भने ।

‘गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देशहरूमा पेसा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ। यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रही पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ,’ गैरआवासीय नेपाली ऐनमा उल्लेख छ ।



...
gate io skapa konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested