English

शुभ साइतमै राखियो दसैंघरमा जमरा (फोटो फिचर)



काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो ।

सोमबारबाट नवरात्र सुरु भएको छ । जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।

गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।

साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । यस वर्षको दसैैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो पनि…
दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ? जानौं
दसैं अनुभव : टीकाको दिन साह्रै रिस उठ्थ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested