English

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप (फोटो फिचर)



भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।

विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेम गीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिज अगाडि प्रदीपले नयाँ फिल्म नगर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

Latest










Popular
Suggested