English

एकैदिन ३,१२२ जनालाई कोरोना, २८ संक्रमितको मृत्यु



नेपालमा देशभर थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जना छन् । जसमा काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । ती मध्ये १ हजार ५ सय ९४ जना संस्थागत आइसोलेसनमा छन् भने १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा छन् ।

आज देशभर २ सय ५२ जना आइसीयूमा भर्ना भएका छन् र जसमध्ये ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भइ ४ सय ५० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुने दर ९२ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण भएको छ भने ७ सय ८६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये पीसीआर विधिबाट ३ हजार ३२ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested