English

आकर्षक देखिन कस्तो हिल जुत्ता लगाउने



हिल भएको जुत्ता प्रायः सबै महिलालाई मन पर्छ । हिल जुत्ता लगाएर हिड्न सक्ने महिलाले विशेषगरी पार्टी वा समारोहमा हिल भएकै जुत्ता प्रयोग गर्न रुचाउछन् । यदी तपाई पनि हिल जुत्ताको शौखिन हुनुहुन्छ भने तपाई हिल जुत्ताको छनौट यसरी गर्न सक्नुहुन्छ ।

स्टिल टोज हिल

स्टिल टोज हिल एकदमै अग्लो हिल भएको जुत्तालाई भनिन्छ । यो हिल जुत्ता लगाउदा खुट्टालाई पातलो देखाउँछ । यो हिल जुत्ताको हिल एकदमै चुच्चो परेको हुन्छ । जसको कारण धेरैलाई हिड्डुल गर्न असहज पनि हुन्छ । यो हिल पछाडीबाट अगाडी तर्फ पातलो हुन्छ । यो हिल लगाउँदा खुट्टाको औला मात्र देखिदैन । यो हिललाई रातीको पार्टीमा लगाउर्दा आकर्षक देखिन्छ । यो हिल जुत्ता तपाईले यस्तो किसिमको पार्टीमा मात्र लगाउन सक्नुहुन्छ, जुन पार्टीमा तपाईलाई कमै हिड्डुल गर्न परोस् ।

पम्प्स हिल

पम्प्स हिल जुत्ताको उचाई स्टिल टोज हिलको तुलनामा कम हुन्छ । यो हिल जुत्ताको हिल थोरै मोटो हुन्छ । यसको उचाई पनि सिधा हुन्छ । यो हिल लगाएर हिड्न केही सजिलो हुन्छ । यो हिल पुरै खुट्टा छोप्ने वा आधा खुट्टा छोप्ने प्रकारको हुन्छ । यो हिल जुत्ता पहिलो पटक लगाउदैं हुनुहुन्छ भने कालो वा हल्का खैरो रंगको किन्दा राम्रो हुन्छ ।

ब्लक हिल

ब्लक हिल अरु हिल भन्दा फराकिलो हुन्छ । यो हिल लगाएर सजिलै हिड्डुल गर्न सकिन्छ । यो हिल जुत्तालाई तपाईले एक जोर राख्दा राम्रो हुन्छ । यो हिल तपाईले कुनैपनि पार्टी वासमरोहमा लगाउनु सक्नु हुन्छ । यो हिलले तपाईको लुक्सलाई एकदमै राम्रो देखाउँछ ।

प्लेटफर्म हिल

प्लेटफर्म हिल अन्य हिलको तुलनामा लगाएर हिड्डुल गर्न सजिलो हुन्छ । तपाईलाई पार्टी, समारोह वा कुनै कार्यक्रममा धेरै हिड्नु पर्ने हुन्छ र हिल जुत्ता पनि लगाउन मन छ भने यो हिल जुत्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

किटल हिल

किटल हिल अन्य हिल जुत्ताको तुलनामा छोटो हुन्छ । तपाई अग्लो हिल जुत्ता लगाएर हिड्डुल गर्न सक्नु हुन्न र तपाई शारीरिक रुपमा अग्लो हुनुहुन्छ भने यो हिल तपाईको लागि परफेक्ट हुन्छ । यो हिलले तपाईको लुक्स राम्रो देखिनुका साथै यो हिल दैनिक रुपमा प्रयोग गर्न पनि सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested