English

नेपालमा उपलब्ध रहेका जिन्स ब्रान्डहरू



डेनिम
हाल नेपालमा सबैभन्दा लोकप्रिय मानिएको डेनिम ब्रान्डको स्किनी जिन्साले चर्चा बटुलिरहेको छ । यो जिन्सले महिला र पुरुष दुवैको नजर तानेको छ । दुब्लो वा पातलो सबैको शरीरमा फिट हुने स्किनी जिन्स अहिले नलगाउने कमै देखिन्छन् । खासगरी, टिनेजहरूको आकर्षण बनेको डेनिमको स्किनी पेन्ट सुहाएको पनि देखिन्छ । आकाशे, पिंक, कालो, नीलो र खैरो रंगमा डेनिमका स्किनी पेन्ट हाल बजारमा पाइन्छन् । अझ डेनिम ब्रान्डमा पनि विभिन्न भेराइटी छन् । उक्त भेराइटी नेपालमा सहजै पाइन्छन् ।

बुट कट
झवाट्ट हेर्दा पुरानो बलिउड तथा कलिउड फेसनका कलाकारले लगाउने पहिरन जस्तो देखिने बुट कट जिन्स स्टाइल नेपालमा चलेको पहिरनमा पर्छ । महिला तथा पुरुष दुवैले लगाउन मिल्ने यो बुट कट ब्रान्डको जिन्स आइटमले नेपाली फेसन गर्माएको पनि छ । बुट कट ब्रान्डमा पनि विशेष गरी कालो रंगको जिन्स पहिरनमा मानिसहरूको आकर्षण बढ्दो छ ।


लेभिस
लेभिस क्लासिक अमेरिकन स्टाइल हो । बजारमा भित्रिएदेखि यसले कहिले फर्किएर हेर्नु परेन । उच्चकोटीको ब्रान्डका नामले परिचित लेभिस नेपालको बजारमा भित्रिएपछि यसमा फेसन पारखीको माग ह्वात्त बढ्यो । २ हजार ५ सयदेखि ९ हजारसम्म पर्ने लेभिस ब्रान्डका जिन्स लगाउँदा आरामदायी त छदैँ छ, यसका साथै आकर्षक लुक्स दिने लेभिस सबैको रोजाइमा पर्न सफल पनि भएको छ ।

स्लिम एन्ड लिफ्ट
अमेरिकी बजारमा अति लोकप्रिय हुन सफल स्लिम एन्ड लिफ्ट ब्रान्डका जिन्स पहिरने अमेरिकन र युरोपियन मुलुकमा जस्तो नेपालमा पनि रुचाइन थालेको छ । केही वर्षअघि मात्र नेपालमा भित्रिएको स्लिम एन्ड लिफ्ट ब्रान्डका जिन्स पहिरनको माग अहिले निकै बढेको छ । यो जिन्सको कम्पनी क्यानाडामा छ भने यसको डिजाइन भने अमेरिकामा नै गरिएको भए पनि नेपालमा अहिले स्लिम एन्ड लिफ्टको माग चुलि“दै गएको छ । स्टाइलिस्ट देखिने र सेक्सी लुक्स झल्कन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा