English

महिला साफ च्याम्पियनसिप : बंगलादेश दोस्रो पटक फाइनलमा



कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ८–० को सहज जित निकाल्दै बंगलादेशले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।

खेलको दोस्रो मिनेटमा छोटोन जहान सोप्नाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशका लागि कप्तान सविनाले १८औं मिनेटमा अग्रता दोब्बर बनाइन् । ३०औं मिनेटमा श्रीमोती कृष्णरानी सरकार र ३५औं मिनेटमा रितु पोर्ना चक्माले एक(एक गोल थप्दा बंगलादेशले भुटानमाथि पहिलो हाफमा ४–० को अग्रता बनायो ।

पहिलो हाफमा चार गोल गरेको बंगलादेशले दोस्रो हाफमा पनि चार गोल नै थप्यो । ५४औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दै ५–० मा पुर्‍याइन् । त्यसको तीन मिनेटपछि मसुरा प्रविनले खगोल गर्दै बंगलादेशलाई ६–० को स्थितिमा ल्याइन् । ८७औं मिनेटमा तोहुरा खातुन र इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गर्दै ८० को नतिजामा जित पक्का गरिन् ।

शुक्रबारै हुने सेमिफाइनलको दोस्रो खेलमा आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका साढे ५ बजे सुरु हुनेछ ।

यो पनि…
साफ महिला च्याम्पियनसिप (फोटो फिचर)
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested