English

जस्टिन बिबरले गरे विश्व यात्रा रोक्ने घोषणा



अमेरिकी गायक जस्टिन बीबरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो विश्व यात्रालाई रोक्ने घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत यो घोषणा गरेका हुन् ।

‘यो वर्षको सुरुवातमा मैले रामसे हन्ट सिन्ड्रोमका साथ आफ्नो लडाइँलाई सार्वजनिक गरेको थिएँ । यो बिरामीका कारण मेरो आधा अनुहार प्यारालाइस भयो । जसकारण मैले नर्थ अमेरिकामा कन्सर्ट गर्न सकिनँ । यद्यपि केही समयपछि म ठीक भएँ र मैले आफ्नो डाक्टर, परिवार र टीमसँग कन्सल्ट गरेर आफ्नो यात्रालाई पूरा गर्न युरोप पुगें’, उनले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘मैले त्यहाँ ६ लाइभ शो गरे । जसकारण मेरो स्वास्थ्यमा असर पर्यो । ब्राजिलका मानिसहरूलाई मनोरञ्जन दिन कुनै कमी बाँकी राखिनँ । तर अफस्टेजमा गएपछि मलाई निकै बढी थकान महसुस भयो । यहीकारण मैले पहिलो प्राथमिकता स्वास्थ्यलाई राखें । त्यहीकारण यो विश्व यात्राबाट तत्कालका लागि ब्रेक लिँदैछु । मलाई अहिले आरामको खाँचो छ ।’

जस्टिनले मार्च २०२३ सम्म दक्षिण अमेरिका, दक्षिण अफ्रिका, मध्यपूर्व, एसिया, युरोप, अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रस्तुती दिने तयारीमा थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested