English

एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी



नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो ।

सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी भित्रिएको विभागले जनाएको छ ।

बेल्जियम, भुटान, चीन, फ्रान्स, भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, निकारागुवा, कतार, सिंगापुर, श्रीलंका लगायतका देशबाट नेपालमा सारी, धोती र लुङ्गी भित्रने गरेको छ ।

नेपालमा सबैभन्दा बढी सारी, धोती र लुङ्गी भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष मात्र भारतबाट ३ अर्ब ७५ करोड ८७ लाख ७ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्ष २०७९–८० को पहिलो महिना साउनमा विभिन्न देशबाट २० करोड ७९ लाख २८ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागले जनाएको छ । जसमध्ये २० करोड ५२ लाख ७१ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपालले भारतबाट आयात गरेको हो ।

यो पनि…
नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको मासुजन्य पदार्थ नेपाल भित्रियो
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested