English

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका



मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।

भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ । वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छिन् । ‘देशको एक तिहाई भाग पानीमुनि छ’ जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन् । पानी छिट्टै कम नहुने उनले बताइन् ।

एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइँ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टबार उद्धार गरिएको छ । सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारहरूलाई निकाले र खाद्यान्न प्याकेजहरू दुर्गम क्षेत्रमा खसालेको छ ।

यो पनि…
पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा
श्रीलंकामा आगामी तीन साता इन्धन पाउन कठिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested