English

वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता



बितेको चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायता स्वरुप २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी प्रदान गरिएको छ ।

वैदेशिक रोजगार वोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्त सम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता उपलब्ध गरिएको हो ।

सो चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४ हजार १५४ जनाको परिवारलाई कुल २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरिएको वोर्डले जनाएको छ ।

उक्त अवधिमा ४ हजार ४१ जना पुरुष र ११३ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशी भूमीमा मृत्यु भएको थियो ।

बितेका चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ जना नेपालीको शव उद्धार गरी ल्याइएको वोर्डले जनाएको छ । उद्धार गरी ल्याइएको शवमा ५३३ जना पुरुष र २२ जना महिलाको रहेको थियो ।

वोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

विदेशमा मृत्यु भएका नेपालीको शव उनीहरुको घरसम्म पुर्याउने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको वोर्डले जानकारी दिएको छ । यसरी सो अवधिमा वोर्डले कुल ३ हजार ४१ वटा शवको निशुल्क ढुवानी गरेको थियो ।

वोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भिर विरामी भएकालाई बितेको चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति वापत उपलब्ध गरिएको छ । यसरी क्षतिपूर्ति पाउनेमा ९२७ जना पुरुष र ४९ जना महिला गरी कुल ९६७ जना रहेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरुको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार रुपैयाँ खर्च भएको वोर्डले जनाएको छ । सो अवधिमा १ हजार २५९ जना पुरुष र २२९ जना महिला गरी कुल १ हजार ५५४ जनाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गरिएको थियो ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८ हजार ९०१ जना छोराछोरीलाई छात्रवृत्ति सहयोग वापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

यो पनि…
वैदेशिक रोजगारी : गत वर्ष अहिलेसम्मकै सबैभन्दा उच्च मृत्यु
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested